फ्रि तिब्बत काण्ड उचाल्न अन्तर्राष्ट्रिय प्रयास भएको पुष्टी, नेपालमा शान्ति सुरक्षा चुनौतिपूर्ण

१९ असार २०८३, शुक्रबार १६:१९

काठमाडौं । अन्तर्राष्ट्रिय विभिन्न शक्तिहरुको आडमा फ्रि तिब्बत अभियान चलाउन तथा तीव्र पार्न लागेको तथ्य हालैको घटनाले पुष्टी गरेको छ । आज संयुक्त राष्ट्र संघको मुख्यालयको गेटमा फ्रि तिब्बती अभियान्ता ५२ बर्षिय लोब्सान पाल्देन (गोग्बा रिन्जेन) ले आफैलाई आगो लगाएर आत्मदाह गरेका छन् ।

सिएनएनका अनुसार न्यूयोर्क प्रहरीले संयुक्त राष्ट्र संघको मुख्य गेट नजिकै आफैलाई आगो लगाएका व्यक्तिको मृत्यु भएको जनाएको समाचारमा उल्लेख गरेको छ । उनी फ्रि तिब्बत अभियान्ता थिए । लामो समयदेखि सक्रिय उनले आज आत्मदाह गर्नुअघि केही सञ्चार माध्यमहरुलाई समेत लिएर गएको खुलेको छ ।

नेपालबाट अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुले फ्रि तिब्बत अभियान चलाउन खोजिरहेको समयमा राष्ट्र संघको मुख्यालयमा सो घटना घटेपछि अब नेपालबाट यस्तो अभियान चर्कने विश्वास गरिएको छ । केपी ओली नेतृत्वको सरकारको पालामा हतियार समेत भित्राएको विश्वास गरिएका फ्रि तिब्बती अभियान्ताहरुले गुम्बाहरुमा संशकास्पद गतिविधिहरु समेत गर्दै आएको आरोप विगतहरुमा लाग्दै आएको छ ।

आजको घटनाबाट सरकारले सचेत बनेर नेपालमा शान्ति सुरक्षा र अमन चयनमा विशेष ध्यान दिनुपर्ने देखिन आएको छ ।

Picture source: Reuter’s Video

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*