नेपाल एसबिआई बैंक एबीएफद्वारा सम्मानित

२१ असार २०८३, आईतवार १०:२३

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित एशियन बैंकिङ्ग एण्ड फाइनान्स (एबीएफ) द्वारा सम्मानित भएको छ।

बैंक होलसेल बैंकिङ्ग अवार्ड २०२६ अन्तर्गत ‘नेपाल डोमेस्टिक लिक्वडिटी म्यानेजमेन्ट बैंक अफ द इयर’, ‘नेपाल डोमेस्टिक ट्रेड फाइनान्स बैंक अफ द इयर’ तथा रिटेल बैंकिङ्ग अवार्ड २०२६ अन्तर्गत ‘डोमेस्टिक रिटेल बैंक अफ द इयर–नेपाल’ र ‘एसएमई बैंक अफ द इयर–नेपाल’ बाट सम्मानित भएको हो।

यी अन्तर्राष्ट्रिय सम्मानहरूले बैंकले प्रदान गरिरहेको होलसेल तथा रिटेल बैंकिङ्ग सेवाहरूमा तरलता व्यवस्थापन, व्यापार वित्त, उत्कृष्ट बैंकिङ अभ्यास तथा नवप्रवर्तनप्रति बैंककोे अटल प्रतिबद्धतालाई दर्शाउने बैंकले बताएको छ।

नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ। हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ, १२७ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*