बि.पि र कुलेखानी सहित यी मुख्य राजमार्ग बन्द
२२ असार २०८३, सोमबार १०:२९

काठमाडौं । अविरल वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल प्रहरीका अनुसार आज बिहानसम्म विपि राजमार्ग, कुलेखानी, भंगरा ठापाठाना र भेरी करिडोर पूर्ण रूपमा बन्द भएको छ।
यता मध्य पहाडी लोकमार्ग, वालिङ–हुवास भित्रि र घोराही रुकुम शहीद मार्ग एकतर्फी सुचारु गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ।












