उपकार लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

२२ असार २०८३, सोमबार ११:३९

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। कम्पनीले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो।

कम्पनीले अधिकृत श्रेणीको अधिकृत र कनिष्ठ अधिकृत पदमा तथा सहायक श्रेणीको कनिष्ठ सहायक र प्रशिक्षार्थी कनिष्ठ सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको हो।

अधिकृत श्रेणीको दुवै पदमा लागि स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा एक तह मुनीको पदमा कम्तीमा २ वर्ष काम गरेको र सहायक श्रेणीको दुवै पदका लागि एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा छ महीना काम गरेको हुनुपर्छ भने प्रशिक्षार्थी कनिष्ठ सहायकका लागि भने अनुभव नचाहिने कम्पनीले जनाएको छ।

उमेर हदमा अधिकृत श्रेणीका लागि १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको र सहाायक श्रेणीका लागि १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनु पर्नेछ। महिलाको हकमा भने माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ।

इच्छुक व्यक्तिले सूचना प्रकाशित मिति (असार २२ गते) ले १५ दिनभित्र आवाश्यक कागजात सहित इमेल ठेगानामार्फत वा कम्पनीको बेवसाइटको करियरभित्र रहको एप्लाई फर्ममार्फत् आवेदन दिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*