सप्तरीको भेटेनरी अस्पतालमा अख्तियारको छापा, कार्यालय प्रमुख र सवारी चालक पक्राउ
२२ असार २०८३, सोमबार १७:३०

काठमाडौं । अख्तियार दुरपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीमा सोमबार छापा मारेको छ।
छापा मार्ने क्रममा अख्तियारले उक्त कार्यालयका प्रमुख रामपवित्र दास र सवारी चालक भोगेन्द्र यादवलाई पक्राउ गरेको हो। पशुचौपायामा पीपीआर खोप लगाउन नियुक्त गरेका भ्याक्सिनेटरहरूसँग भुक्तानीका लागि २० देखि २५ प्रतिशतसम्म घुस मागेको आरोपमा अख्तियारले छापा मारेको हो।
कार्यालय प्रमुखले सवारी चालक दासमार्फत भ्याक्सिनेटरहरूसँग घुस माग्न लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउने भएको हो। भ्याक्सिनेटरहरूले पशुचौपायालाई भ्याक्सिन लगाए बापत प्रति बाख्रा ५ रुपैयाँ र पशुचौपायाको १० रुपैयाँ लिंदै आएको छ।











