प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

२३ असार २०८३, मंगलवार १०:१५

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि निष्काशन गरिरहेको ऋणपत्रमा आवेदन दिने आज असार २३ गते अन्तिम दिन रहेको छ।

बैंकले १० वर्ष अवधि र वार्षिक ६.२५ प्रतिशत ब्याजदर भएको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ निष्काशन गरिरहेको छ। बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ मूल्यका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो।

सोमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ।

यो ऋणपत्रमा आवेनन दिंदा न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ता माग गर्न सक्नेछन्। यसमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*