छोरीको जन्मदिनमा रिलायबल नेपाल लाइफको १० लाखको जीवन बीमा पोलिसी उपहार

२३ असार २०८३, मंगलवार १०:२६

काठमाडौं । हेटौंडा उपमहानगरपालिका–१८ निवासी युवराज न्यौपानेले आफ्नी छोरी अबिरा न्यौपानेको तेस्रो जन्मदिनलाई विशेष बनाउँदै १० लाख रुपैयाँ बराबरको जीवन बीमा पोलिसी उपहार दिएका छन्।

उनले भविष्यको आर्थिक सुरक्षा र उज्ज्वल भविष्यलाई ध्यानमा राख्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड मार्फत १० लाख रुपैयाँको जीवन बीमा पोलिसी खरिद गरी छोरीलाई जन्मदिनको उपहारस्वरूप प्रदान गरेका हुन्।

उक्त बीमा पोलिसी कम्पनीको हात्तिसुँडे शाखाका शाखा प्रमुख नवीन खड्काले न्यौपानेको निवासमै पुगेर हस्तान्तरण गरेका थिए। सो अवसरमा परिवारका सदस्यहरूले जन्मदिनको अवसरमा यस्तो दीर्घकालीन र अर्थपूर्ण उपहारले बालबालिकाको भविष्य सुरक्षित बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका थिए।

पछिल्लो समय जन्मदिन, विवाह वार्षिकोत्सव तथा अन्य विशेष अवसरमा नगद वा भौतिक उपहारको सट्टा जीवन बीमा पोलिसी उपहार दिने अभ्यास विस्तार हुँदै गएको देखिन्छ। यसले भविष्यमा शिक्षा, स्वास्थ्य तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि आर्थिक आधार तयार गर्न सहयोग पुग्ने भन्दै यस्तो उपहार दिने चलन बढ्दै गइरहको हो।

जीवन बीमालाई बचत र सुरक्षाको प्रभावकारी माध्यमका रूपमा लिइने भएकाले बालबालिकालाई सानै उमेरदेखि बीमा गराउने प्रचलन बढेको पाइन्छ। आफ्नो बालबच्चालाई सानै उमेरमा बीमामा आवद्ध गराउँदा बचत गर्ने बानीको विकास हुने र भविष्यमा शिक्षा, स्वास्थ्य जस्ता आधारभूत विषयहरूमा आर्थिक सहयोग पुग्ने भएकाले सानैमा बीमा गराउने चलनलाई सकारात्मक रूपमा लिइन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*