एशियन लाइफ इन्स्योरेन्समा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

२३ असार २०८३, मंगलवार ११:०२

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रशिक्षार्थी सहायक (ट्रेनी असिस्टेन्ट) तथा अप्रेन्टिस पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ।

अप्रेन्टिस पदका लागि न्यूनतम १०+२ उत्तीर्ण तथा प्रशिक्षार्थी सहायक पदका लागि व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै एमएस वर्ड, एक्सेल लगायत कार्यालय सम्बन्धी सफ्टवेयरको ज्ञान, नेपाली तथा अंग्रेजी टाइपिङमा दक्षता, उमेर २५ वर्ष ननाघेको र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अनिवार्य गरिएको छ। सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएका तथा स्थानीय बासिन्दालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

कर्मचारीहरूलाई कम्पनीको केन्द्रीय कार्यालयसहित मेलम्ची, कोहलपुर, बिर्तामोड, जनकपुर, भैरहवा, नेपालगञ्ज, रोल्पा, वालिङ, तौलिहवा, गुलरिया, सिराहा, हरिवन, गजुरी, ओखलढुंगा, चन्द्रनिगाहपुर, कावासोती, बाँसगढी, जोगबुढा, साँफेबगर लगायत विभिन्न शाखामा खटाइनेछ।

योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित इमेल ठेगाना मार्फत् जुलाई १३ तारिकभित्र दरखास्त आवेदन दिइसक्नु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*