आगामी आर्थिक वर्षमा मुद्रास्फिति ५.५ प्रतिशतभित्र रहने प्रक्षेपण

काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्खरै सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा आगामी आर्थिक वर्षमा मुद्रास्फिति ५.५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।
वाह्य आपूर्तिजन्य कारण मुद्रास्फीतिमा दबाव बढ्दै गएकोमा आन्तरिक मागमा हुने विस्तारले समेत मुद्रास्फीतिमा केही दबाव पार्ने राष्ट्र बैंकले जनाएको छ। चालु आर्थिक वर्षको दश महिनाको औसत मुद्रास्फीति २.६६ प्रतिशत मात्र रहेको तर २०८३ बैशाखको वार्षिक विन्दुगत मुद्रास्फीति ५.०४ प्रतिशत रहेको छ।
आपूर्तिजन्य कारणले पेट्रोलियम पदार्थ एवम् खाद्य वस्तुको मूल्य बढ्दा मुद्रास्फीति दबाव केही महिना अझै जारी रहने तर आगाम आर्थिक वर्षको चौथो त्रयमासदेखि कम हुने आँकलन सहित आर्थिक वर्ष २०८३/८४ मा मुद्रास्फीति ५.५ प्रतिशत भित्र रहने प्रक्षेपण राष्ट्र बैंकले गरेको हो।











