मुद्रास्फीति घट्दै जाने राष्ट्र बैंकको अनुमान, आवश्यक परे मौद्रिक नीति पुनरावलोकन गरिने

२३ असार २०८३, मंगलवार १६:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिको भावी मार्गदर्शनमा आगामी महिनादेखि मुद्रास्फीतिको दबाब क्रमशः कम हुँदै जाने अनुमान गरेको छ।

बाह्य कारणले केही समय मूल्यवृद्धिमा चाप परे पनि आगामी वर्ष समग्र मुद्रास्फीति ५.५ प्रतिशतभित्र रहने अनुमान गरेको हो।

भविष्यमा मुद्रास्फीति अपेक्षाभन्दा बढी बढ्न थालेमा, बैंकिङ प्रणालीमा पर्याप्त तरलता र कम ब्याजदर हुँदाहुँदै पनि सार्वजनिक तथा निजी क्षेत्रले त्यसको अपेक्षित लाभ लिन नसकेमा वा समग्र आर्थिक स्थायित्वमा चुनौती देखिएमा मौद्रिक नीतिको कार्यदिशा पुनरावलोकन गरिने भएको छ।

यस्तो अवस्था आएमा राष्ट्र बैंकले विद्यमान ब्याजदर करिडोरलाई आवश्यकताअनुसार क्रमशः साँघुरो बनाउँदै मौद्रिक व्यवस्थापन थप प्रभावकारी बनाउने नीति लिएको छ।

त्यसैगरी राष्ट्र बैंकले हाल लागू रहेका समष्टिगत विवेकशील नियामकीय औजारहरू अत्यावश्यक अवस्था बाहेक परिवर्तन नगर्ने नीति लिएको छ। यसबाट नीतिगत स्थिरता कायम रहने बजारमा अनिश्चितता कम हुने र व्यवसायी तथा लगानीकर्ताले भविष्यका नीतिबारे स्पष्ट अपेक्षा बनाउन सक्ने राष्ट्र बैंकले अपेक्षा लिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*