राष्ट्र बैंकलाई प्रश्न, ‘शेयर धितो कर्जा फेरी ४।१२ को नीति अपनाउन लागेको हो ?’

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमार्फत शेयरधितो कर्जासम्बन्धी व्यवस्थामा नयाँ नीति अपनाएको छ । मौद्रिक नीतिमा ‘संस्थाको सवलताको आधारमा शेयरधितो कर्जा सीमा निर्धारण हुने’ गरी विशेष नीतिगत व्यवस्था गरिने उल्लेख हो ।
सवलताको आधारमा मात्रै सीमा निर्धारण हुने कुराले केहिमा अन्यौल सिर्जना गरी रहेको छ । मौद्रिक नीति सार्वजनिक पछिको पत्रकार सम्मलेनमा सञ्चारकर्मीले राष्ट्र बैंकलाई शेयर धितो कर्जामा फेरि पुरानै ४/१२ को सिमा लाग्न लागेको हो ? भनेर प्रश्न गरेका थिए ।
प्रश्नको उत्तर दिदै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशन तथा प्रवक्ता गुरु प्रसाद पौडेलले शेयर धितो कर्जा ब्यवस्थापनका लागि यस्तो नीति अपनाएको बताएका छन् । उनले भने, शेयर धितो कर्जालाई अझ बढी प्रभावकारी र व्यवस्थापन गर्नका लागि सो प्रावधान ल्याएका हौं । यसमा हामी केहि आवश्यक परे लचकता समेत अपनाउने छौं ।












