सान्भि इनर्जीको विद्युत उत्पादन पुनः शुरु
२५ असार २०८३, बिहीबार ०८:५३

काठमाडौं । सान्भि इनर्जीले इलाममा रहेको ५।२ मेगावाट क्षमताको जोगमाई क्यासकेड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः शुरु भएको जनाएको छ ।
कम्पनीले नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०लाई दिएको जानकारीअनुसार २०८२ असोज १७ देखि १९ गतेसम्म कोशी प्रदेशमा परेको अविरल वर्षाका कारण आयोजनाका विभिन्न भौतिक संरचनामा क्षति पुगेपछि विद्युत उत्पादन पूर्णरूपमा बन्द भएको थियो ।
क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनः स्थापना सम्पन्न भएपछि आयोजना पुनः सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।











