डिबेन्चरतर्फ झुम्मिए लगानीकर्ता, आज यी शेयर सर्वाधिक किनबेच

२५ असार २०८३, बिहीबार १५:०७

काठमाडौं । बिहीबार नेप्से १९.६७ अंकले घटेर २६०१.९२ को विन्दुमा झर्दा बजार राताम्मे बन्न पुगेको छ। कारोबार खुलेको केही समय बजार बढेको भए पनि त्यसपछि लगातार घटेपछि भारी गिरावट देखिएको हो।

आज ३६१ सूचीकृत कम्पनीहरूको ८७ लाख ५१ हजार ३८० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६१ करोड १९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। आज सर्वाधिक कारोबार भएका १० कम्पनीमध्ये ७ डिबेन्चर कम्पनी रहेका छन्।

आज ग्लोबल आइएमई बैंक लिमिटेड डिबेन्चर २०८६/८७, १०.७५% एसबिएल डिबेन्चर २०८९, ८.५% बीओके डिबेन्चर २०८६, ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५ र रिलायन्स स्पिनिङ मिल्सको शेयर सर्वाधिक कारोबार भएको छ।

त्यसपछि एनएमबि डिबेन्चर ८.५०%–२०८७/८८, १०.३५% एग्रिकल्चर बैंक डिबेन्चर २०८३, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रोमोटर शेयर, आँखुखोला जलविद्युत कम्पनी लिमिटेड र १०% एनएमबि डिबेन्चर २०८५ को बढी कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*