कर हटाउन माग गर्नेले विकल्प पनि दिनुपर्छ : अर्थमन्त्री वाग्ले

२५ असार २०८३, बिहीबार १६:३३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर हटाउनुपर्ने माग गर्नेहरूले त्यसको विकल्प पनि प्रस्तुत गर्नुपर्ने बताएका छन्।

बिहीबार राष्ट्रिय सभाको बैठकमा आर्थिक विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले कर संकलनबिना राज्य सञ्चालन सम्भव नरहेको बताए। कर हटाउनुपर्ने माग गर्ने सांसदहरूले कर कहाँबाट उठाउने भन्नेबारे पनि व्यावहारिक सुझाव दिनुपर्ने उनको भनाइ थियो।

सरकारले नागरिकलाई प्रत्यक्ष असर पर्ने गरी कुनै पनि क्षेत्रमा कर नलगाएको दाबी गर्दै उनले सरकारको उद्देश्य प्रतिस्पर्धा बढाउने, उत्पादन तथा सेवा लागत घटाउने र भौतिक पूर्वाधार विकासमार्फत उपभोक्ताले तिर्नुपर्ने मूल्यमा सकारात्मक प्रभाव पार्ने रहेको बताए। करसम्बन्धी विषयमा वैकल्पिक र व्यावहारिक सुझाव आए सरकार त्यसलाई सम्बोधन गर्न तयार रहेको उनले उल्लेख गरे।

उनले कर नउठाई राज्य सञ्चालन गर्न नसकिने भएकाले कर हटाउनुपर्ने मागसँगै त्यसको विकल्प पनि प्रस्तुत गर्न आग्रह गरे। प्रतिस्पर्धा अभिवृद्धि, लागत न्यूनीकरण र पूर्वाधार विकासमा राज्यले सहजीकरण गरे उपभोक्ताले तिर्नुपर्ने मूल्यमा सकारात्मक समायोजन हुने उनको भनाइ थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*