जनउत्थान लघुवित्तका रायले दिए राजिनामा, निमित्त सिईओमा बराली नियुक्त
२९ असार २०८३, सोमबार १०:१४

काठमाडौं । जनउत्थान लघुवित्तका सुनिल कुमार रायले राजिनामा दिएका छन्, त्यस्तै, निम्ति सिईओमा इन्द्र बराली नियुक्त भएका छन्।
संस्थाका प्रमुख कार्यकारी अधिकृतसुनिल कुमार रायले व्यक्तिगत कारण देखाई आफ्नो पदबाट दिनुभएको राजीनामा मिति २०८३ ÷ ०३ ÷ २७ गते बसेको संचालक समितको २४६ औं बैठकबाट २०८३ श्रावण १ गते देखि लागु हुने गरी स्वीकृत भएको हो ।
साथै, सोही बैठकबाट मिति २०८३ श्रावण १ गते देखि लागु हुने गरी यस वित्तीय संस्थाका विभागिय प्रमुख इन्द्र बरालीलाई निमित प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवको जिम्मेबारी दिने निर्णय गरेको छ ।












