सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
२९ असार २०८३, सोमबार १०:५४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ८०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा १०० रुपैयाँले घटेर प्रतितोला चार हजार ३७५ रुपैयाँमा किनबेच भइरहेको हो ।











