हिमालयन लाइफमा स्वतन्त्र सञ्चालक नियुक्त

२९ असार २०८३, सोमबार ११:१७

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडमा मात्रिका भट्टराई स्वतन्त्र सञ्चालक नियुक्त भएका छन्।

कम्पनीको स्वतन्त्र सञ्चालक पदमा रही कार्यभार सम्हालिरहेका सञ्चालक थानेश्वर गौतमले असार २२ गते दिएको राजीनामा कम्पनीको असार २९ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो।

कम्पनीको असार २८ गते नै बसेको सञ्चालक समितिको बैठकले रिक्त स्वतन्त्र सञ्चालक पदमा काठमाडौं महानगरपालिका वडा नम्बर ६ निवासी मात्रिका भट्टराईलाई ४ वर्षको अवधि सहित सोही दिनदेखि लागू हुने गरी नियुक्त गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*