बीमा कम्पनीहरुको संचालक र राजनितिक नेत्तृवको प्रभावमा प्राधिकरण कमजोर भईरहेको होः सांसद लिमा

३० असार २०८३, मंगलवार ११:२५

काठमाडौं । संङ्घीय संसद, प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा सांसद लिमा अधिकारीले बीमा प्राधिकरणको नियामकीय क्षमता नै कमजोर रहेको हो भन्दै बीमासँग सम्बन्धीत प्रश्न गरेका छन् ।बीमा कम्पनीहरुको संचालक र राजिनिक नेत्तृवको प्रभावमा परेर कमजोर भईरहेको हैन भन्दै आम नागरिकको प्रश्न प्राधिकरणलाई ज्ञिज्ञासा राखेको बताईन् ।

सङ्घीय संसद, प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आज बीमा प्राधिकरणसँग छलफल गर्ने भएको छ ।बीमा क्षेत्रका बिषय नै तोकेर र केही विषयहरूमा प्राधिकरणसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् ।

बीमाको पहुँच वैदेशिक रोजगारीको आडमा बसेको प्राधिकरणले यतिका समयसम्म के हेरेर बसीरहेको भन्दै प्रश्न गरेकी छिन् । साथै बीमा साक्षरता कोष को लागि खोलिएको फण्डको रकम के मा लगानी गरिएको सपष्ट पार्न समेत आग्रह गरेकी छिन् ।

बीमा कम्पनीहरु कमजोर हुनुमा पनि प्राधिकरणको नियामकीय क्षमतामा आम जनमानसले उठाएको प्रश्नहरु सरकारसम्क्ष राखिएको भन्दै कतै प्राधिकरण कम्पनीको बीमामा अझै आम नागरिकको विश्वास नकारात्मक नै पाउनुको कारण पनि सपष्ट पारिदिन प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेललाई सोधेकी थिईन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*