जनतामा निराशा छ, राज्य सङ्कटमा छ: अमरेश सिंह

३० असार २०८३, मंगलवार १२:२८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले जनतामा निराशा बढ्दै गएको भन्दै राज्य सङ्कटमा रहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशमा बाँच्न सकिँदैन भन्ने भाष्य निर्माण नगर्न आग्रह गरे।

सभामुख डीपी अर्यालले बैठक सुरु गर्नासाथ सरकारको कामकारबाहीप्रति विरोध जनाउँदै विपक्षीसँगै उठेका सत्तारुढ सांसद सिंहले राज्य, जनता र लोकतन्त्र जोगाउन सबै राजनीतिक दल एकजुट हुनुपर्ने धारणा राखे। उनले भने, ‘म सम्पूर्ण राजनीतिक दललाई, संसद्मा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दललाई र संसदबाहिर प्रतिनिधित्व गर्ने राजनीतिक दललाई, हामी यसलाई घोचपेचको विषय नबनाऔँ। राज्य, जनता, लोकतन्त्र रह्यो भने फेरि हामी राजनीति गरौँला, कोही सत्ता पक्षमा होला, कोही प्रतिपक्षमा होला। सत्ता र प्रतिपक्ष स्थायी होइन।’

सिंहले संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई एकजुट भएर राष्ट्रिय मुद्दा तय गर्न आग्रह गरे। उनले भने, ‘जनतालाई भनौँ, हामी सम्पूर्ण दल मिल्यौँ भने मात्रै यो राष्ट्र बाँच्न सक्छ, यो संविधान बाँच्न सक्छ, यो देशको लोकतन्त्र बाँच्न सक्छ र देशको निराशा हट्न सक्छ। देश निर्माणको जिम्मा लिएर हामी सबै यहाँ उपस्थित भएका छौँ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*