आइजीआई प्रुडेन्सियलद्वारा सम्पत्ति शुद्धीकरण निवारणबारे विशेष अभिमुखीकरण कार्यक्रम

३० असार २०८३, मंगलवार १२:४२

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले असार २९ गते कम्पनीका संचालक, व्यवस्थापन र आधारभूत शेयरधनीहरूको सहभागितामा कम्पनीले पालना गर्नुपर्ने अनुपालन तथा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी एक दिने अभिमुखिकरण तालिम तथा सेमिनार सम्पन्न भएको छ ।

उक्त अवसरमा अनुपालन तथा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको विज्ञ प्रशिक्षकको रूपमा शाम्भराज लामिछानेले यस क्षेत्रमा भएको हालको अवस्था एवं कम्पनीले अबका दिनमा परिपालन गर्नुपर्ने विषयमा अवगत गराए । कार्यक्रममा अनुपालन तथा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी प्रचलित कानुनी व्यवस्था, नियामकीय अपेक्षा, ग्राहक पहिचान तथा यथोचित सावधानी, जोखिममा आधारित दृष्टिकोण, शंकास्पद कारोवारको पहिचान तथा प्रतिवेदन, लक्षित वित्तीय प्रतिबन्ध लगायतका समसामयिक विषयहरूमा विस्तृत रुपमा प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक छलफल भएको छ ।

सो अवसरमा कम्पनीका अध्यक्ष हेमराज ढकालले सबैले आ–आफ्नो दैनिक काम कारवाही गर्दा कम्पनीको नियमक निकायहरुले दिएको निर्देशन त्यसै गरी ऐन, नियम, कानून र समय समयमा जारी हुने परिपत्र तथा निर्देशन समेतको अक्षरस पालना गरी ग्राहकहरुलाई उच्च स्तरको सेवा प्रदान गर्नुपर्ने साथै आफ्नो दैनिक काम कारवाहीमा समेत सोलाई पूर्ण रुपमा पालना गरी अगाडी बढ्न निर्देशन दिए । सबैलाई दैनिक रुपमा हरेक कार्य गर्दा तयार गर्नुपर्ने ग्राहक पहिचान गरि तोके बमोजिमको पहिचान, ऐन, नियम, निर्देशन तथा परिपत्रहरुको पूर्ण रुपमा पालना गरेर कार्य गर्न निर्देशन दिए ।

सोही अवसरमा कम्पनीका संचालक उमाकान्त आचार्यज्यूले कम्पनीले आयोजना गरेको एक दिने अभिमुखीकरण कार्यक्रमका प्रस्तुतीकर्ता, कम्पनीका संचालक समितिको अध्यक्ष तथा संचालकहरु, आधारभूत शेयरधनीहरू र उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरुलाई धन्यवाद दिँदै कम्पनीले आगामी दिनहरुमा पनि नियमिक निकायबाट प्राप्त सबै ऐनहरु तथा निर्देशन अक्षरस पालना गरी प्रत्यक्ष र परोक्ष रुपमा देशलाई नै सहयोग पुग्ने गरी कार्य गरिने जानकारी गराए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*