जन्मदिनमा जीवन बीमा गरेर आर्थिक सुरक्षाको उदाहरण बने कृष्णबहादुर खड्का

३० असार २०८३, मंगलवार १३:३१

काठमाडौँ। जन्मदिनका अवसरमा हुने फजुल खर्चलाई दीर्घकालीन आर्थिक सुरक्षासँग जोड्दै कृष्णबहादुर खड्काले आफ्नो जीवन बीमा गरेका छन्। नेपाल अरनिको यातायात प्रालिका निमित्त कार्यालय प्रमुख तथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर (अभिकर्ता) विकास लामामार्फत खड्काले जन्मदिनकै अवसरमा जीवन बीमा गरी उदाहरणीय कार्य गरेका हुन्।

सामान्यतः जन्मदिनमा जीवन बीमा उपहारस्वरूप दिने प्रचलन बढ्दै गए पनि खड्काले भने जन्मदिनमा हुने खर्चमा केही रकम थपेर आफ्नै जीवन बीमा गरेका छन्। उनले यस कदममार्फत आफू र आफ्नो परिवारको आर्थिक भविष्य सुरक्षित गर्ने उद्देश्यले जीवन बीमा गरेको बताएका छन्।

खड्काका अनुसार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर विकास लामाको उत्प्रेरणाले आफू जन्मदिनमा जीवन बीमा गर्न प्रेरित भएको बताए। जन्मदिनलाई केवल उत्सवका रूपमा मात्र नभई भविष्य सुरक्षित गर्ने अवसरका रूपमा उपयोग गर्न सकिने सन्देश दिन आफूले यस्तो निर्णय गरेको उनको भनाइ छ।

अभिकर्ता विकास लामा स्वयंले पनि आफ्नी छोरीको जीवन बीमा गरिसकेका छन्। उनका अनुसार जन्मदिनको उत्सवमा हुने खर्चलाई जीवन बीमामा लगानी गर्दा त्यसै रकमबाट वार्षिक प्रिमियम तिर्न सकिने भएकाले हरेक जन्मदिन आर्थिक सुरक्षासँग जोडिने अवसर बन्न सक्छ।

नेपाल अरनिको यातायात प्रालिका निमित्त कार्यालय प्रमुखसमेत रहेका लामाले यातायात क्षेत्रमा काम गर्ने क्रममा जोखिमलाई नजिकबाट अनुभव गरेको बताए। उनका अनुसार दुर्घटना, रोग वा अन्य अप्रत्याशित घटना पूर्वसूचना दिएर नआउने भएकाले कुनै पनि बेला व्यक्तिको जीवनको दिशा परिवर्तन हुन सक्छ। त्यसैले जीवन बीमा कुनै विलासिताको विषय नभई व्यवसायी, मजदुर, कर्मचारी तथा हरेक परिवारका लागि आवश्यक सुरक्षा कवच भएको उनको धारणा छ।

लामाले आफ्नो उद्देश्य कसैलाई बीमा पोलिसी बिक्री गर्नु मात्र नभई जीवन बीमासम्बन्धी सही ज्ञान र सचेतना फैलाउनु रहेको बताए। प्रत्येक व्यक्तिले जीवन बीमाको महत्व आफैं बुझेर आफ्नो परिवारको आर्थिक भविष्य सुरक्षित गर्ने निर्णय गर्न सकून् भन्ने उद्देश्यका साथ आफूले काम गरिरहेको उनले उल्लेख गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*