११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठमा मात्रै २ खर्ब ३ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३८.२ प्रतिशतले वृद्धि भई २१ खर्ब २० अर्ब ८० करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.६ प्रतिशतले बढेको थियो । २०८३ जेठ महिनामा विप्रेषण आप्रवाह २ खर्ब ३ अर्ब ८९ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो
वर्ष यस्तो आप्रवाह १२.८ प्रतिशतले बढेको थियो ।
११० महिनाको अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २३ खर्ब २१ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा
यस्तो आय १६ खर्ब ६९ अर्ब ५१ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको
सङ्ख्या ३,६७,२११ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३,५५,७३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो
सङ्ख्या क्रमशः ४,५२,३२४ र ३,०८,०६७ रहेको थियो ।











