११ महिनामा बैंक तथा वित्तीय संस्थाबाट ३ खर्ब ४० अर्ब बढी कर्जा प्रवाह, कुल कर्जा ५८ खर्ब नाघ्यो

३० असार २०८३, मंगलवार १६:११

काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६.२ प्रतिशत (३ खर्ब ४० अर्ब ५७ करोड) ले वृद्धि भई ५८ खर्ब ३८ अर्ब २७ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.० प्रतिशत (४ खर्ब ७ अर्ब ६२ करोड) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८३ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.५ प्रतिशतले बढेको छ ।

२०८३ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.० प्रतिशत र ३७.० प्रतिशत रहेको थियो ।

द्धड। समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ६.३ प्रतिशत, विकास बैंकहरूको ५.६ प्रतिशत र वित्त कम्पनीहरूको ३.९ प्रतिशतले बढेको छ । २०८३ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १४.७ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६३.६ प्रतिशत रहेको छ । २०८२ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १४.५ प्रतिशत र ६५.० प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा १५.१ प्रतिशत, उपभोग्य क्षेत्रतर्फको कर्जा १३.० प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १२.५ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.० प्रतिशत र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा ०.६ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा २.४ प्रतिशतले घटेकोछ ।

जेठ मसान्तसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये ट्रष्ट रिसिट (आयात) कर्जा ३६.७ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा १५.८ प्रतिशत, हायर पर्चेज कर्जा १०.३ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ६.३ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा ५.८ प्रतिशत, आवधिक कर्जा ४.३ प्रतिशतले बढेको छ भने क्यास क्रेडिट कर्जा ०.३ प्रतिशत र अधिविकर्ष कर्जा ०.४ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*