११ महिनामा बैंक तथा वित्तीय संस्थाका १८२ शाखा कार्यालय बन्द
३० असार २०८३, मंगलवार १६:१८

काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाका १८२ शाखा कार्यालयहरु बन्द भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो ।
खर्च घटाउन शाखा बन्द गर्ने सुविधा राष्ट्र बैंकले दिएसँगै बैंक तथा वित्तीय संस्था धमाधम बन्द हुन थालेका हुन् । २०८३ जेठ मसान्तमा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी जम्मा १०६ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् ।
२०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा सङ्ख्या ११ हजार ५२६ रहेकोमा २०८३ जेठ मसान्तमा ११ हजार ३४४ रहेको छ ।












