मोबाइल बैंकिङको दबदबा: एक महिनामै ५ खर्ब ९७ अर्ब रुपैयाँको कारोबार
३० असार २०८३, मंगलवार १६:२९

काठमाडौँ । २०८३ जेठ महिनामा डेबिट कार्ड प्रयोगकर्ताहरूले १ करोड कारोबारमार्फत ७५ अर्ब ६६ करोड बराबरको कारोबार गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो ।
मोबाइल बैंकिङअन्तर्गत ७ करोड ७३ लाख कारोबारमार्फत ५ खर्ब ९७ अर्ब ७६ करोड कारोबार भएको छ । साथै, क्यु–आर कोड भुक्तानीअन्तर्गत ६ करोड ३६ लाख कारोबारमार्फत १ खर्ब ६३ अर्ब १३ करोड कारोबार भएको छ ।











