केबीएनआर इस्वा पावरले १ अर्ब १९ करोडको आईपीओ जारी गर्ने

३० असार २०८३, मंगलवार १८:२८

काठमाडौँ । केबीएनआर इस्वा पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई जारी गर्न लागेको १ करोड १९ लाख कित्ता साधारण शेयरको प्रति शेयर अङ्कित मूल्य १०० रुपैयँका दरले कुल १ अर्ब १९ करोड रुपैयाँको शेयर निष्कासन गर्ने लागेको हो ।

कम्पनीले शेयर प्रत्याभुतिकर्तामा ज्योति क्यापिटललाई नियृक्त गरीएको छ । क्यापिटल र के.बी.एन.आर इस्वा पावर कम्पनीबीच शेयर प्रत्याभुति गर्ने सम्बन्धी सम्झौतामा विधिवत रुपमा हस्ताक्षर भएको हो ।

ज्योति क्यापिटल लिमिटेडको रजिष्टर्ड कार्यालय, कमलपोखरी, काठमाडौंमा आयोजित एक समारोहबिच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र केबीएनआर इस्वा पावर लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले शेयर प्रत्याभुति गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको ज्योति क्यापिटलले नेपाल धितोपत्र वोर्डबाट मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी धितोपत्रको निष्काशन तथा बिक्री प्रवन्धक, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति तथा शेयर रजिष्ट्रारको सेवा प्रदान गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*