आज सुनचाँदीको भाउ बढ्यो, अब प्रतितोला कति?

३१ असार २०८३, बुधबार ११:०१

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुन र चाँदीको भाउ बढेको छ। आज छापावाला सुन प्रतितोला ८०० रुपैयाँ र चाँदी प्रतितोला ५५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा किनबेच भएको थियो।

त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भएको थियोे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*