विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, कति चाहिन्छ योग्यता?

३१ असार २०८३, बुधबार १२:०२

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो।

यसका लागि आमसञ्चार, कानून, विज्ञापन वा व्यवस्थापन विषयमा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको र सो क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव प्राप्त गरेको, ३५ वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको, विदेशी पिआर नलिएको र कुनै कानूनले अयोग्य नभएको नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

स्नातकोत्तर वा सोभन्दा माथिको शैक्षिक योग्यता भएमा वा सम्बन्धित क्षेत्रमा अतिरिक्त अनुभव भएमा त्यस्ता उम्मेदवारले प्राथमिकता पाउनेछन्। योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित मन्त्रालयको इमेलमार्फत वा सिंहदरबारस्थित मन्त्रालयको संस्थान समन्वय शाखामा साउन ८ गतेभित्र पेश गर्नु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*