हिमालयन इन्भेष्टमेण्ट बैंकरका अध्यक्ष र सञ्चालकले दिए राजीनामा
३१ असार २०८३, बुधबार १३:५४

काठमाडौं । हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडका अध्यक्ष र अर्का एकजना सञ्चालकले राजीनामा दिएका छन्।
बैंकरका अध्यक्ष लक्ष्मण ज्ञवाली र सञ्चालक विवेक कुमार साहले असार २९ गते दिएको राजीनामा कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो।











