मानुषी लघुवित्तको कामु सीईओमा कमल श्रेष्ठ नियुक्त

३२ असार २०८३, बिहीबार १०:५५

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कमल श्रेष्ठ नियुक्त भएका छन्।

कम्पनीको सीईओ शोभा बज्राचार्यको दुई वर्षे कार्यकाल आज असार ३२ गतेबाट समाप्त भएको छ। मानुषी लघुवित्त, युनिक नेपाल लघुवित्त र जीवन विकास लघुवित्त मर्जरको प्रक्रियामा रहेकाले एकीकृत कारोबार नभएसम्मका लागि सीईओ नियुक्त गरिएको हो।

कम्पनीकै विभागीय प्रमुख तथा वरिष्ठ प्रबन्धक कमल श्रेष्ठलाई मर्जर भई एकीकृत कारोबार नभएसम्मका लागि मानुषी लघुवित्तको कामु सीईओ र कम्पनी सचिवको जिम्मेवारी दिइएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*