१० हजार कित्ता शेयर बिक्री गरेर स्वरोजगार लघुवित्त बाहिरिदै संस्थापक शेयरधनी नरेन्द्रराज पाण्डे

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १० हजार ९१३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।
संस्थाका संस्थापक शेयरधनी नरेन्द्रराज पाण्डेले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीका लागि निवेदन दिएपछि लघुवित्तले बिक्री प्रक्रिया अगाडि बढाएको हो।
सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी आवेदन दिनुपर्नेछ। आवेदन लघुवित्तको बनेपा–५, काभ्रेपलाञ्चोकस्थित केन्द्रीय कार्यालयको प्रशासन विभागमा बुझाउन सकिनेछ।
तोकिएको समयभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेमा वा बिक्रीमा राखिएको सबै सेयर खरिद नभएमा प्रचलित कानुनअनुसार अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ।











