आर्थिक वर्षको अन्तिम दिन यी कम्पनीको शेयर सर्वाधिक कारोबार
३२ असार २०८३, बिहीबार १५:०५

काठमाडौं । आज चालू आर्थिक वर्ष २०८२/०८३ को अन्तिम दिन नेप्से ७.५० अंकले बढेर २५९७.८० को विन्दुमा कायम भएको छ। यस दिन ९४ लाख ६९ हजार ९९ कित्ता किनबेच हुँदा ४ अर्ब ५६ करोड २९ लाख ५० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सिंगटी हाइड्रो इनर्जी लिमिटेड, ८.५% सानिमा डिबेन्चर २०८७, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, सेन्चुरी डिबेन्चर २०८८ र रिडी पावर कम्पनी लिमिटेडको शेयर सर्वाधिक किनबेच भएको छ।
त्यसपछि आँखुखोला जलविद्युत कम्पनी लिमिटेड, कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेड, १०% सिटिजन्स बैंक डिबेन्चर २०९०, १०% एनआईसी एशिया डिबेन्चर २०८५/८६ र सिद्धार्थ बैंक लिमिटेडको शेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ।












