सन नेपाल लाइफले खुलायो अभिकर्ता आधारभूत तालिम, इच्छुकबाट आवेदन आह्वान

३२ असार २०८३, बिहीबार १६:१३

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता बन्न इच्छुक व्यक्तिका लागि आर्थिक वर्ष २०८३/८४ मा आधारभूत तालिम सञ्चालन गर्ने भएको छ।

कम्पनीले सूचना जारी गर्दै केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, शाखा तथा उपशाखा कार्यालयमार्फत जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गरिने जनाएको हो।

तालिमसम्बन्धी विस्तृत विवरण कम्पनीको वेबसाइटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार न्यूनतम कक्षा १२ (दश जोड दुई) वा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेका इच्छुक व्यक्तिले आफूलाई पायक पर्ने कम्पनीको केन्द्रीय, प्रदेश, शाखा वा उपशाखा कार्यालयमा सम्पर्क गरी तालिममा सहभागी हुन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*