जिल्ला र उच्च अदालतका २०७ न्यायाधीशको एकैपटक सरुवा (सूची सहित)
३२ असार २०८३, बिहीबार १८:१३

काठमाडौं । न्याय परिषदले उच्च अदालतका ५० जना न्यायाधीशहरू र जिल्ला अदालतका १५७ जना न्यायाधीशहरूको सरुवा गरेको छ।
आज असार ३२ गते बिहीबार बसेको न्यायपरिषदको बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवाका साथसाथै श्रम अदालत, विशेष अदालत, राजस्व न्यायाधीकरणमा अध्यक्ष तथा कानून सदस्यहरू पनि तोकेको छ।











