भरतमोहन अधिकारी–नाफिज आर्थिक पुरस्कार बिँडारीलाई, भरतमोहन अधिकारी–नाफिज सहकारी पुरस्कार राउतलाई

३२ असार २०८३, बिहीबार १९:३६

काठमाडौं । यस बर्षको भरत मोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कारबाट सेतोपाटी डटकमका शुरेस बिँडारी पुरस्कृत भएका छन् भने भरत मोहन अधिकारी–नाफिज सहकारी पुरस्कारबाट नेपाल प्रेसकी रिता राउत पुरस्कृत भएकी छिन् ।

आज आयोजित उर्जा पूर्वाधार विकासका चुनौति विषयक छलफल तथा पुरस्कार वितरण कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बिराज भक्त श्रेष्ठले जनही ५० हजार रुपैयाँ राशीको पुरस्कारबाट बिँडारी र राउतलाई पुरस्कृत गरिएको हो ।

पत्रकार बिँडारीले आर्थिक क्षेत्रमा प्रभावकारी कलम चलाए बापत स्व. भरत मोहन अधिकारीको नाममा स्थापित आर्थिक पुरस्कार प्रदान गरिएको हो । त्यसैगरी, रिता राउतले सहकारी क्षेत्रमा सशक्त रुपमा कलम चलाएबापत नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, सांसद लिमा अधिकारी, नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष राजेन्द्र मल्ल, संस्थाकी अध्यक्ष मेनुका कार्कीको उपस्थितिमा उक्त पुरस्कार तथा प्रमाणपत्र हस्तारण गरिएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*