साउन १५ सम्म असुल भएको कर्जा ब्याज अघिल्लो आवकै आम्दानीमा गणना गर्न पाइने

१ श्रावण २०८३, शुक्रबार १०:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र प्राप्त गरेको कर्जाको ब्याजलाई अघिल्लो आर्थिक वर्षकै आम्दानीमा गणना गर्न पाउने व्यवस्था गरेको छ।

राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै प्रोद्भावी आधारमा लेखाङ्कन गरिएको कर्जाको ब्याज आम्दानीमध्ये आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र प्राप्त भएको ब्याज रकमका लागि नियमनकारी कोष छुट्याउनुपर्ने व्यवस्था लागू नहुने स्पष्ट पारेको हो।

संशोधित व्यवस्थाअनुसार आर्थिक वर्ष समाप्त भएको १५ दिनपछि पनि प्राप्त हुन बाँकी रहेको ब्याज आम्दानी बराबरको रकममा भने प्रचलित व्यवस्थाअनुसार आयकर, कर्मचारी बोनस तथा वैधानिक कोष (साधारण जगेडा कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोष) मा जम्मा गरिएको रकम कट्टा गरी बाँकी रकम सञ्चित मुनाफाबाट खर्च लेखी नियमनकारी कोषमा जम्मा गर्नुपर्नेछ।

राष्ट्र बैंकले उक्त ब्याज पछि प्राप्त भएमा नियमनकारी कोषमा राखिएको रकम सञ्चित मुनाफामा फिर्ता गर्न सकिने व्यवस्था भने यथावत् राखेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*