अभिकर्ता तालीम सञ्चालन गर्दै सिटिजन लाइफ, देशभरबाट सहभागी हुन पाइने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ताको आधारभूत तालीम सञ्चालन गर्ने भएको छ।
कम्पनीले अभिकर्ता भई पेशा गर्न तथा स्वरोजगार हुन इच्छुक नेपाली नागरिकलाई लक्षित गरी अभिकर्ता तालीम सञ्चालन गर्न लागेको हो। यसका लागि न्यूनतम प्लस टू वा सोभन्दा माथिको शैक्षिक योग्यता भएका व्यक्तिले सहभागिता जनाउन सक्नेछन्।
कम्पनीले देशभर सिटिजन लाइफका शाखा तथा उपशाखा कार्यालयहरूमा आर्थिक वर्ष २०८३/०८४ को विभिन्न मितिहरूमा तीन दिने तालीम सञ्चालन गरिनेक कम्पनीले जनाएको छ। यसको विस्तृत जानकारी कम्पनीको बेवसाइटमा उपलब्ध रहेको कम्पनीले उल्लेख गरेको छ।
अतः तालीममा सहभागी भई बीमा अभिकर्ता बन्न चाहने नागरिकहरूलाई तालीम सञ्चालन हुनु एक हप्ता अगावै नेपाल बीमा प्राधिकरणद्वारा तोकिएको आवश्यक कागजातहरू सहित नजिकको वा आफूलाई पायक पर्ने कम्पनीको कार्यालयमा सम्पर्क राख्न कम्पनीले अनुरोध गरेको छ।











