दुई घण्टाको अवरोधपछि खुल्यो फेसबुक

३ श्रावण २०८३, आईतवार १५:३८

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक करिब दुई घण्टापछि पुनः सञ्चालनमा आएको छ।

आइतबार दिउँसो करिब १ः२० बजेदेखि फेसबुकमा समस्या देखिएपछि प्रयोगकर्ताले सेवा प्रयोग गर्न सकेका थिएनन्। करिब ३ः१५ बजेदेखि भने फेसबुक पुनः सञ्चालनमा आएको हो।

सेवा अवरुद्ध भएपछि विश्वभरका प्रयोगकर्ताले फेसबुक प्रयोग गर्न कठिनाइ भएको गुनासो गरेका थिए। फेसबुकले आफ्नो साइटमा प्राविधिक समस्या देखिएको स्वीकार गर्दै केही समयभित्रै समस्या समाधान हुने जनाएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*