रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प
३ श्रावण २०८३, आईतवार १६:५१

काठमाडौं । रुकुम पूर्व जिल्लाको कोल क्षेत्र केन्द्रबिन्दु भएर आइतबार अपराह्न ४ः३० बजे ५ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र तथा खानी तथा भूगर्भ विभागका अनुसार भूकम्पको धक्का रुकुम पूर्वसहित आसपासका जिल्लामा पनि महसुस गरिएको छ।
भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण भने तत्काल प्राप्त भएको छैन। सम्बन्धित निकायले क्षतिको अवस्था बुझ्ने काम भइरहेको जनाएको छ।











