बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?
४ श्रावण २०८३, सोमबार १०:४८

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदी तोलामा ८० रुपैयाँले बढेर प्रतितोला चार हजार ३२० रुपैयाँ पुगेको छ।











