गणपूरक संख्या नपुग्दा नेरुडे मिर्मिरे लघुवित्तको १९औँ वार्षिक साधारण सभा स्थगित

४ श्रावण २०८३, सोमबार ११:११

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको १९औँ वार्षिक साधारण सभा गणपूरक संख्या  नपुगेपछि स्थगित भएको छ।

संस्थाले विभिन्न प्रस्ताव पारित गर्ने उद्देश्यसहित असार ३२ गते वार्षिक साधारण सभा आह्वान गरेको थियो। तर, कम्पनी ऐन, २०६३ को दफा ६७ तथा संस्थाको प्रबन्धपत्र तथा नियमावलीबमोजिम आवश्यक गणपूरक संख्या नपुगेपछि सभा स्थगित गरिएको जनाएको छ।

यसैबीच, सञ्चालक समितिको असार ३२ गते बसेको बैठकले स्थगित सभा साउन १० गते बिहान ११ बजे भक्तपुरको ह्वाइट प्यालेस ब्याङ्क्वेट, मध्यपुर थिमी–३, कौशलटारमा पुनः आयोजना गर्ने निर्णय गरेको छ।

संस्थाका अनुसार पुनः बस्ने सभामा यसअघि प्रस्तावित सबै एजेन्डा यथावत् प्रस्तुत गरिनेछन्। साथै, असार ३२ गतेका लागि विधिवत् दर्ता भएका प्रतिनिधिहरू पुनः बस्ने सभामा स्वतः मान्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*