विराटनगर विमानस्थलबाट स्रोत नखुलेको रकम सहित एकजना पक्राउ

४ श्रावण २०८३, सोमबार १२:५२

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ४ स्थित विराटनगर विमानस्थलबाट स्रोत नखुलेको रकम सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर ९ बस्ने ४९ वर्षीय मिक्मार तामाङलाई आइतबार दिउँसो स्रोत नखुलेको ६ लाख ६५ हजार रुपैयाँ सहित पक्राउ गरेको हो।

विमानस्थलमा खटिएको प्रहरीले उनलाई चेकजाँच गर्ने क्रममा उक्त नगद फेला पारेपछि पक्राउ गरिएको हो। यसरी पक्राउ परेका तामाङलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*