आँखुखोला र रिलायन्स स्पिनिङ मिल्समा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार?
४ श्रावण २०८३, सोमबार १५:०५

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से ४१.७० अंकले बढेर २७१९.२४ को विन्दुमा कायम भएको छ। आज १ करोड २२ लाख ३१ हजार ५६६ कित्ता किनबेच हुँदा ५ अर्ब ५० करोड ३५ लाख रुपैयाँमाथिको शेयर कारोबोर भएको छ।
आज आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर सर्वाधिक कारोबार भएको छ। त्यसपछि रिडी पावर कम्पनी लिमिटेड, कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेड र नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको शेयर अधिक कारोबार भएको छ।
त्यसैगरी एसवाई प्यानल नेपाल लिमिटेड, अपी पावर कम्पनी लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, हिमालयन रिइन्स्योरेन्स लिमिटेड र ङादी ग्रुप पावर लिमिटेडको शेयरमा आज लगानीकर्ताहरूको सर्वाधिक आकर्षण देखिएको छ।












