नेपालमा बिक्री भएका होन्डा गाडीको एयरब्यागमै देखियो सुरक्षा त्रुटि

५ श्रावण २०८३, मंगलवार १०:२५

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका केही पुराना होन्डा कारमा एयरब्यागसँग सम्बन्धित सम्भावित सुरक्षा जोखिम देखिएपछि नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले निःशुल्क सेफ्टी रिकल अभियान सुरु गरेको छ।

कम्पनीका अनुसार सन् २००१ देखि २०१४ बीच उत्पादन भएका होन्डाका विभिन्न मोडेल यस अभियानको दायरामा परेका छन्। प्रभावित मोडेलमा सिटी, सिभिक, सिआर–भि, ज्याज, इन्साइट, स्ट्रिम र अकर्ड रहेका छन्।

रिकल अभियानअन्तर्गत सम्बन्धित सवारीको एयरब्याग प्रणाली परीक्षण गरिनेछ। जाँचका क्रममा समस्या पुष्टि भएमा एयरब्याग इन्फ्लेटर वा आवश्यक अन्य पार्ट्स निःशुल्क प्रतिस्थापन गरिने कम्पनीले जनाएको छ।

एयरब्यागमा देखिन सक्ने सम्भावित त्रुटिले दुर्घटनाको समयमा यात्रुको सुरक्षामा असर पार्न सक्ने भएकाले प्रभावित सवारीधनीलाई ढिलाइ नगरी आफ्नो गाडी जाँच गराउन कम्पनीले आग्रह गरेको छ। ग्राहकले आफ्नो गाडी रिकल अभियानमा समावेश छ वा छैन भन्ने जानकारी होन्डाको आधिकारिक वेबसाइटमार्फत पनि जाँच गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*