कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी, चालकको जलेर मृत्यु

५ श्रावण २०८३, मंगलवार १२:४९

काठमाडौँ । कीर्तिपुर नगरपालिका–ट्याङ्लाफाँट क्षेत्रमा गुडिरहेको एउटा निजी कारमा मंगलबार अचानक आगलागी हुँदा चालकको घटनास्थलमै जलेर मृत्यु भएको छ।

चाँदनी चोक नजिकै बा ५ च ३०३८ नम्बरको किया कारमा एक्कासि आगो लागेको प्रहरीले जनाएको छ। आगलागी भएपछि चालकले समयमै बाहिर निस्कन नसक्दा उनी गाडीभित्रै फसेका थिए।

प्रहरीका अनुसार चालक सिट बेल्ट लगाएकै अवस्थामा जलेर मृत फेला परेका हुन्। मृतकको पहिचान भने समाचार तयार पार्दासम्म खुल्न सकेको छैन।

घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले आगो निभाउने उपकरण प्रयोग गरी आगो नियन्त्रणमा ल्याउने प्रयास गरेका थिए। त्यसपछि दमकल घटनास्थल पुगेर आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो। कारमा आगलागी हुनुको कारण तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*