नेपाल लाइफ ताप्लेजुङका राजु भण्डारीः वर्षदिनमा १ करोड ७९ लाख प्रिमियम संकलन, त्रिपल समृद्धि पदकले सम्मानित हुँदै

५ श्रावण २०८३, मंगलवार १५:२६

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ताप्लेजुङ शाखामा आवद्ध भई बीमा व्यवसाय गरिरहेका चिरपरिचित राजु भण्डारीले पुनः ऐतिहासिक सफलता प्राप्त गरेका छन् । उनले ताप्लेजुङ शाखा कार्यालयमा उत्कृष्ट व्यावसायिक क्षमता प्रदर्शन गर्दै आएका भण्डारीले आर्थिक वर्ष २०८२/०८३ मा १ करोड ७८ लाख ९६ हजार रुपैयाँ बीमा व्यवसाय गरेका हुन् ।

उनले बीमा व्यवसाय मार्फत आफ्नो पुराना रेकर्डहरू तोड्दै नयाँ–नयाँ सफलता हासिल गर्दै आएका छन् । उनले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा पनि आफ्नै पुरानो रेकर्ड तोड्दै १ करोड २८ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गर्न सफल भएका थिए । उनले उक्त रेकर्ड फेरि पनि आफैंले तोडेका हुन् । भण्डारी एजेन्सी तर्फ र टीम दुवै तर्फबाट ताप्लेजुङ शाखामा प्रथम भएका छन्।

यसअघि नै डबल समृद्धि पदकले सम्मानित भइसकेका भण्डारी यस वर्ष त्रिपल समृद्धि पदकबाट सम्मानित हुने भएका छन्। कम्पनीले आगामी भदौ पहिलो साता काठमाडौंको हयात होटलमा एक विशेष कार्यक्रमको आयोजना गरी उनलाई त्रिपल समृद्धि पदकबाट सम्मानित गर्ने भएको हो।

भण्डारी ताप्लेजुङ शाखामा रहेर त्यस क्षेत्रका आम नागरिकको बीमा गरी जोखिम रक्षावरण गर्नमा अग्रपङ्तीको भूमिका निर्वाह गरिरहेका छन् । ताप्लेजुङ जस्तो पहाडी र भौगोलिक रूपमा विकट मानिएको स्थानमा रहेर पनि उनले आफ्नो शाखाले पाएको वार्षिक लक्ष्य पूरा गर्नमा सबैभन्दा अहम् भूमिका खेलिरहेका छन् ।

ताप्लेजुङ शाखाले आर्थिक वर्ष २०८१/०८२ मा ८ करोड ९१ लाख २२ हजार रुपैयाँको लक्ष्य पाएकोमा ७ करोड ९३ लाख ४५ हजार ८२७ रुपैयाँ प्रिमियम संकलन भएको छ । अर्थात् लक्ष्यको ८९ प्रतिशत पूरा भएको छ। यो लक्ष्य हासिल गर्नमा राजु भण्डारी अग्रपंक्तिमा रहेका छन् भने उनको योगदान पनि ठूलो रहेको छ ।

भण्डारीले आफू मात्र नभई आफ्नो परिवारलाई समेत व्यावसायिक यात्रामा जोडेर अघि बढिरहेका छन् । नेपाल लाइफले समृद्धि पदक प्राप्त गर्नका लागि करीब ५५ लाख रुपैयाँको लक्ष्य तोकेकोमा उनले पारिवारिक कोडबाट समेत व्यवसाय गरेर आफ्ना ७३ वर्षीय बुबा रोमनाथ शर्मा, भाइ युनिक भण्डारी र बुहारी चम्पा खनाल (भण्डारी) लाई समेत समृद्धि पदकबाट सम्मानित हुने अवसर दिलाएका छन् ।

भण्डारीले आफ्नो व्यावसायिक यात्रामा ५ पटक एमडीआरटी बनिसकेका छन् । धेरै पटक एमडीआरटी बनिसकेका उनले अहिले एमडीआरटीभन्दा पनि व्यवसाय विस्तारलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् । उनले आर्थिक वर्ष २०८२/०८३ मा करीब १५० वटा नयाँ जीवन बीमा पोलिसी बिक्री गरेका छन् ।

ताप्लेजुङको साविक हाङदेवा गाविस वडा नम्बर ९ बुङ्कुलुङमा आमा कमला भण्डारी र बाबु रोमनाथ भण्डारीको कोखबाट दोस्रो सन्तानको रूपमा राजु भण्डारीको जन्म भएको हो । उनले आफ्नो जन्मथलोलाई नै कर्मथलो बनाएर वि.सं. २०७३ साल चैत महिनाको अन्त्यदेखि नेपाल लाइफमा आवद्ध भएर काम गरिरहेका छन्। उनी अभिकर्ता बनेको दुई वर्षमै एजेन्सी म्यानेजर बन्न सफल भएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*