एक वर्षमै ४ करोड प्रिमियम संकलनः नेपाल लाइफ चितवनका रामकृष्ण कार्कीलाई सम्राट, रत्न र समृद्धि पदक

६ श्रावण २०८३, बुधबार १०:१६

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चितवनस्थित सौराहा–टाँडी शाखामा आबद्ध वरिष्ठ एजेन्सी म्यानेजर रामकृष्ण कार्कीले आर्थिक वर्ष २०८२/०८३ मा ४ करोड ९ लाख रुपैयाँभन्दा बढी प्रिमियम संकलन गर्दै कम्पनीको उच्चतम सम्मान सम्राट पदक सहित रत्न पदक र समृद्धि पदक प्राप्त गर्ने भएका छन्।

बीमा व्यवसायमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका कार्कीले यस आर्थिक वर्षमा आफ्नै अघिल्ला उपलब्धिलाई समेत उछिन्दै नयाँ कीर्तिमान कायम गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा बनाएको रेकर्डलाई यस वर्ष पुनः आफैंले तोड्दै उनले आफ्नो टोलीतर्फ सौराहा–टाँडी शाखामा प्रथम स्थान हासिल गरेका छन्।

नेपाल लाइफले आगामी भदौको पहिलो साता काठमाडौंस्थित हायात होटलमा आयोजना हुने विशेष कार्यक्रममा कार्कीलाई सम्राट, रत्न र समृद्धि पदकबाट सम्मान गर्ने कार्यक्रम तय गरेको छ। यसअघि पनि उनी यी सम्मानहरूबाट पटक–पटक सम्मानित भइसकेका छन्।

कार्कीले चितवन मात्र नभई देशका विभिन्न जिल्ला तथा विदेशमा रहेका नेपालीलाई समेत जीवन बीमाको पहुँचमा ल्याउँदै हजारौं परिवारको आर्थिक सुरक्षामा योगदान पुर्‍याउँदै आएका छन्। शाखाले प्राप्त गर्ने वार्षिक व्यावसायिक लक्ष्य हासिल गर्न उनको योगदान महत्वपूर्ण मानिन्छ।

उनले व्यक्तिगत व्यवसायसँगै आफ्नो परिवारलाई समेत बीमा व्यवसायमा आबद्ध गराई सशक्त टोली निर्माण गरेका छन्। कम्पनीले टोलीमार्फत समृद्धि पदकका लागि २ करोड ३० लाख रुपैयाँ, रत्न पदकका लागि ३ करोड रुपैयाँ तथा सम्राट पदकका लागि ४ करोड रुपैयाँ प्रिमियम संकलनको लक्ष्य निर्धारण गरेको थियो। कार्कीले ती सबै लक्ष्य सहज रूपमा पूरा गरेका हुन्।

व्यावसायिक यात्राको सात वर्षमा उनी लगातार सात पटक एमडीआरटी बन्न सफल भएका छन्। साथै सन् २०२३ मा कम्पनीकै प्रथम सीओटी बन्ने गौरवसमेत हासिल गरेका थिए। धेरै पटक अन्तर्राष्ट्रिय स्तरका उपलब्धि हासिल गरिसकेका कार्की पछिल्लो समय व्यक्तिगत उपाधिभन्दा व्यवसाय विस्तार, गुणस्तरीय सेवा र नयाँ अभिकर्ता उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन्।

आर्थिक वर्ष २०८२/०८३ मा उनले करिब २२५ वटा नयाँ जीवन बीमा पोलिसी बिक्री गरेका छन् जसलाई उनको सक्रियता र ग्राहकले गरेको विश्वासको रूपमा हेर्न सकिन्छ।

सिन्धुपाल्चोकको साविक स्याउले गाविस–९ मा पिता रेशमबहादुर कार्की र माता देवीकुमारी कार्कीको तेस्रो सन्तानका रूपमा जन्मिएका कार्की २०५२ सालदेखि चितवनको रत्ननगर नगरपालिका–१ मा बसोबास गर्दै आएका छन्। उनी सफल बीमा व्यवसायीसँगै समाजसेवीका रूपमा पनि परिचित छन्।

नेपाल लाइफमा आबद्ध हुनुअघि कार्की नेपाल प्रहरीमा प्रहरी नायब निरीक्षक (सई) पदमा कार्यरत थिए। प्रहरी सेवाबाट अवकाशपछि उनले बीमा क्षेत्रलाई आफ्नो पहिलो पेशाका रूपमा रोज्दै २०७६ सालको असोज महिनादेखि नेपाल लाइफमा आबद्ध भएका हुन्। अभिकर्ता बनेको केवल १५ दिनमै एजेन्सी म्यानेजर बन्न सफल भएका कार्कीले त्यसयता निरन्तर सफलता हासिल गर्दै आएका छन्।

बीमा क्षेत्रप्रतिको समर्पण, नेतृत्व क्षमता, ग्राहकप्रतिको विश्वास र उत्कृष्ट व्यावसायिक प्रदर्शनका कारण रामकृष्ण कार्की नेपाल लाइफका सफल तथा प्रेरणादायी अभिकर्तामध्ये एकका रूपमा स्थापित हुँदै गएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*