वैदेशिक रोजगार ठगी मुद्दाका फरार कृष्ण पुन बाँसबारीबाट पक्राउ

६ श्रावण २०८३, बुधबार १४:३४

काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ घर भई काठमाडौं महानगरपालिका–३ महाराजगञ्ज बस्दै आएका ३८ वर्षीय कृष्ण पुन रहेका छन्।

वैदेशिक रोजगार न्यायाधिकरणबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका पुनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३ बाँसबारीबाट पक्राउ गरेको हो।

पक्राउ परेका पुनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*