सुर्खेतमा फोर्स गाडी अनियन्त्रित भई दुर्घटनाः १९ जना घाइते, तीनको अवस्था गम्भीर

६ श्रावण २०८३, बुधबार १६:०३

काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीस्थित सडकखण्डमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

सिम्ताबाट गुमीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी आफैं अनियन्त्रित भई सडकमै पल्टिएको हो। उक्त गाडीमा चालकसहित २० जना सवार रहेका थिए। दुर्घटनामा चालक सकुशल रहेका छन् भने अन्य १९ जना घाइते भएका हुन्।

घाइतेमध्ये गणेश वली, पाँच वर्षीय रियाज शाही र तनहुँ घर बताउने भावना राईको अवस्था गम्भीर रहेको छ। अन्य घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको कर्णाली प्रदेश अस्पताल, कर्णाली केयर अस्पताल, माया अस्पताल र मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको, चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*