डिल्लीबजारबाट पक्राउ परे व्यवसायी शंकर अग्रवाल

६ श्रावण २०८३, बुधबार १७:०८

काठमाडौं । शंकर ग्रुपका अध्यक्ष तथा व्यवसायी शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो।

सीआईबीका अनुसार अग्रवाल बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका थिए। लामो समयदेखि फरार सूचीमा रहेका उनलाई विशेष निगरानीपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अग्रवालमाथि कर्जा दुरुपयोगसँग सम्बन्धित प्रकरणमा अनुसन्धान गरिएको थियो। उक्त मुद्दा हाल उच्च अदालत पाटनमा विचाराधीन रहेको छ। पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराइने सीआईबीले जनाएको छ।

यसअघि पनि अग्रवाल सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका थिए। २०८२ साल चैतमा पक्राउ परेका उनी त्यसपछि कानुनी प्रक्रियापछि रिहा भएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*